माथिल्लो तामाकोशीको आइपिओ बाँडफाँड, सबैको हातमा ४० कित्ता शेयर

38

छिनछिन खबर
काठमाडौं, मंसिर ११ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनको साधारण शेयर बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयर मंगलबार बाँडफाँड भएको हो । तामाकोशीको शेयरमा आवेदन गरेका ३ लाख ३९ हजार ७ सय ७५ आवेदक मध्ये ३ लाख ३४ हजार ७५ आवेदकले मात्र शेयर पाएका छन् । दोहोरो आवेदन गरेका कारण ५ हजार ७ सय आवेदकहरुलाई दरखास्त रद्ध गरिएको छ ।


सबै आवेदकले ४० कित्ताका दरले शेयर पाएका छन् । यसरी शेयर बितरण गर्दा बाँकी रहने १७ लाख २७ हजार ७५० कित्ता शेयर १० कित्ताका दरले गोलाप्रथाबाट कुल आवेदक मध्येका १ लाख ७२ हजार ७ सय ७५ आवेदकलाई बितरण गरिएको छ । कम्पनीले निष्काशन गरेको एक करोड ५० लाख ९० हजार ७५० कित्ता शेयरका लागि ३ लाख ३९ हजार ७५ आवेदकबाट ६ करोड ४६ लाख १८ हजार ८ सय ४३ कित्ता शेयर माग भएको थियो । कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म कूल पूँजीको १५ प्रतिशतले हुन आउने एक अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गरेको थियो ।  कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको लागत भने दोब्बरले बढेर ७० अर्ब रुपैयाँ पुग्ने भएको छ ।

Womui
Womui