लोकतान्त्रिक समुहका इन्जिनियर चुनावी दौडमा

147

नेपालगन्ज, मंसिर १०-
नेपाल इन्जिनियर्स एशोसिएसनको ३२ औं कार्यकारी परिषद तथा प्रादेशिक समितिका लागि हुने निर्वाचनका लागि लोकतान्त्रिक समुहका उम्मेदवार जिल्ला दौडाहामा निस्केका छन् । यही मंसिर २८ गते एशोसिएसनको निर्वाचन हुदैछ । निर्वाचनबाट नयाँ नेतृत्व छनोट गर्न लोकतान्त्रिक समुहले आफ्ना उम्मेदवारलाई अगाडी सारेको हो । जिल्ला दौडाहामा निस्केका उक्त समुहका उम्मेदवारहरु बाँके आएर निर्वाचनको प्रचार–प्रसार गरेका छन् । लोकतान्त्रिक समुहले आफ्ना उम्मेदवारसहित यसक्षेत्रका ईन्जिनियर लगायतसँग आइतबार बेलुका बृहत भेला आयोजना गरेको छ ।


उक्त समुहले केन्द्रिय कार्यकारिणी समितिको अध्यक्ष पदमा हिरेन्द्रमान प्रधान, उपाध्यक्ष डा. चण्डिकाप्रसाद भट्ट, महासचिवमा अभिमन्यु लाल सिंह, उपमहासचिव अशोककुमार शाह, कोषाध्यक्ष अपिल केसी र सह–कोषाध्यक्षमा जानुका थापालाई अगाडी सारेको छ । यस्तै सदस्यमा सागर श्रेष्ठ, सुजन भट्ट, प्रकाश बुढा, अनिल मानन्धर, सुर्यबहादुर पाण्डे, राजेन्द्र दुलाल, एभरेष्ट केसी, ज्योतिमणि भट्टराई, भेषराम पोखरेल, उमेशप्रसाद चौधरी, सुदर्शन भण्डारी र दिनेश अर्याल उम्मेदवार रहेका छन् ।


यसैगरी प्रदेश नम्बर पाँचबाट केन्द्रिय कार्यकारिणी सभामा पारस खड्का प्रतिनिधी सदस्यको उम्मेदवार रहेका छन् । प्रदेश कार्यसमितिको सभापति पदमा कुसुम राज ज्ञवाली, उप–सभापति निवेशकुमार शर्मा, सचिव विश्व रञ्जन मिश्र, सह–सचिव यादव नेपाल, कोषाध्यक्षमा अमित खनाल तथा सदस्यहरुमा दीपकजंग चौधरी, तुलसीराम पौडेल, महेश्वर लम्साल, धर्मराज भट्टराई, सुर्यदेव गुप्ता, सुरज केसी, विनोद पन्त, सुजता ढकाल, प्रविण राज भण्डारी र विष्णुप्रसाद पौडेल चुनावी मैदानमा छन् । उक्त समुहले केन्द्रिय कार्यकारिणी तथा प्रदेश समितिमा आफुहरुको जित सुनिश्चित रहेको दाबी गरेको छ । इन्जिनियरीङ आदर्श, पेशागत स्वतन्त्रता तथा लोकतान्त्रिक मुल्य र मान्यताका लागि लोकतान्त्रिक शक्तिले जित्नुपर्ने उक्त समुहले जनाएको छ ।

Womui
Womui