झापामा घर जल्दा एकै परिवारका चार जनाको मृत्यु

47

छिनछिन खबर
काकडभिट्टा, मंसिर १० । झापामा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ७ मा आगलागी हुँदा ३५ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका, चार वर्षीया छोरी चन्द्रा र चार महिनाको छोरो टिकारामको मृत्यु भएको डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।


उनीहरु घरभित्र सुतिरहेको बेला गएराति पौने ११ बजेतिर आगो लागेको थियो । आगलागीबाट जस्ताले छाएको दुई तले घर पनि क्षतिग्रस्त भएको छ ।

Womui
Womui