बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु

187

छिनछिन खबर
धनगढी,मंसिर ९ ।अत्तरियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको नम्बर नखुलेको से ४ प ८१८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्रवणकुमार चौधरीको ज्यान गएको छ।

पूर्व(पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको भाँसीमा बसको ठक्करबाट बेलौरी नगरपालिका(१० का ३५ वर्षीय चौधरीको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर भरत बहादुर शाहले जानकारी दिए।ठक्कर दिने बसको नम्बर खुल्न नसकेको र अनुसन्धान जारी रहेको इन्स्पेक्टर शाहले बताए।’अहिले ३र४ गाडी नियन्त्रणमा लिएका छौं। उनीहरुले स्वीकार गरेका छैनन्। थप अनुसन्धान भईरहेको छ,’ इन्सपेक्टर शाहले भने।

Womui
Womui