निर्मलाका बाबु यज्ञराज शिक्षण अस्पतालको आकस्मिक उपचार हुँदै

117

छिनछिन खबर
काठमाडौै,मंसिर ९ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराजको मानसिक अवस्था बिग्रिँदै गएपछि उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पतालमा ल्याइएको छ।छोरीको बलात्कारी र हत्यारा पत्ता लगाउन माग गर्दै पछिल्ला दिनमा धर्नामा बसेका बाबु यज्ञराजले एक्कासी रुने, हाँस्ने, बर्बराउने, गालीगलौज गर्न थालेपछि उनलाई हिजो धनगढीबाट जहाजमा काठमाडौं ल्याउन प्रयास गरिएको थियो।

तर विमानस्थल स्रोतले विमानबाट लान नसकिने जनाएको थियो। सोपश्चात् उनलाई पुनः सेती अञ्चल अस्पताल ल्याइएको थियो।यज्ञराजलाई शनिबार राति १० बजे सेती अञ्चल अस्पतालबाट निजी गाडीमा काठमाडौं हिँडालिएको थियो। सेती अञ्चल अस्पतालमा सामान्य उपचारपछि यज्ञराजलाई काठमाडौं पठाइएको हो। यज्ञराजको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै स्वास्थ्यकर्मी सुनिल विकलाई पनि साथमै काठमाडौं आइपुगेका छन्।कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको समवन्यमा प्रहरी सहायक निरिक्षक दिपक धामीको नेतृत्वमा ३ जनाको प्रहरी टोली पनि यज्ञराजसँगै काठमाडौं आइपुगेको छ।

छोरी निर्मलाको हत्या भएको ४ महिना पुग्दासमेत अपराधी पत्ता लगाउन नसकेको भन्दै उनले सरकारलाई अनुसन्धानमा दबाव दिन परिवारसहित धर्नामा बसेका थिए। धर्नामा बस्दा शारिरीक रुपमासमेत कमजोर भएका यज्ञराजको बिहीबारदेखि मानसिक अवस्थामासमेत खराबी आएको थियो।काठमाडौं ल्याइपुर्‍याइएका पन्तलाई अहिले शिक्षण अस्पतालको आकस्मिक कक्षमा राखिएको छ। उनलाई डा तिर्थमान श्रेष्ठको टोलीले उपचार सुरु गरेको छ।

Womui
Womui