कराँचीको चिनियाँ वाणिज्य–दूतावासमा भएको हमलाको मास्टरमाइण्ड भारतमा

30

छिनछिन खबर
बीबीसी,मंसिर ९ । पाकिस्तानबाट छापिने उर्दू समाचारपत्रहरुले कराँचीस्थित चिनियाँ वाणिज्य–दूतावासमा भएको उग्रवादी हमलाको ‘भारतीय सम्बन्ध’ रहेको लेखेका छन् । नोभेम्बर २३ को दिन पाकिस्तानको प्रमुख सहर कराँचीमा रहेको चिनियाँ वाणिज्य–दूतावासमा उग्रवादी हमला भएको थियो ।

हमलामा तीन आक्रमणकारी समेत कुल ७ जना मारिएका थिए । मारिनेमा दुई सर्वसाधरण थिए भने बाँकी सुरक्षाकर्मीहरु थिए । पाकिस्तानको एक प्रदेश बलूचिस्तानलाई स्वतन्त्र बनाउनुपर्ने माग लिएको संगठन ‘बलूचिस्तान लिब्रेशन आर्मी’ ले हमलाको जिम्मेवारी लिएको छ ।बलूचिस्तान प्रदेशका गृहमन्त्री सलिम खोसाले भने घटना भारतले गराएको आरोप लगाए । पाकिस्तानी समाचारपत्र जंगका अनुसार पत्रकारहरुसँगको कुराकानीको दौरान गृहमन्त्री खोसाले चिनियाँ वाणिज्य–दूतावासमा भएको हमलाको मास्टरमाइन्ट असलम अच्छु भारतमा रहेको बताए ।मन्त्री खोसाले यो भन्दा पहिले असलम अच्छुको मृत्युको खबर आएको भएपनि उक्त खबर गलत भएको बताए । खोसाले असलम अच्छु भारतको एक अस्पतालमा उपचार गराइरहेको कुरामा आफू विश्वस्त भएको बताए ।

मन्त्री खोसाले यो घटनाले भारत बलूचिस्तान प्रदेशको अवस्था खराब बनाउन पूर्ण रुपले लागिपरेको पुष्टि गरेको आरोप लगाए । पाकिस्तानको ‘काउन्टर टेरोरिजम डिपार्टमेन्ट(सीटीडी)’का अध्यक्ष राजा उमर खत्ताबले वाणिज्य–दूतावासमाथि गरिएको हमलामा सी–४ प्लाष्टिकको प्रयोग गरिएको र उक्त सामाग्री पाकिस्तानमा नपाइने बताए ।उमर खत्ताबको भनाईमा अग्रवादीहरुले यो विष्फोटक सामाग्री हमलाको योजना तयार पार्ने शक्तिबाटै प्राप्त गरेको बताए । खत्ताबले घटनामा पाकिस्तानको शत्रु देशको हात रहेको आरोप लगाए । उता सोही घटनामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यो मामलामा सरकार, विपक्ष, सेना र चिनियाँ सरकार एकसाथ रहेको प्रतिक्रिया दिए ।उनले हालै चीन सरकारसँग हस्ताक्षर भएको सम्झौताका विरोधी शक्तिले चिनियाँ वाणिज्य–दुतावासमा हमला गरेको बताए ।

एजेन्सी

Womui
Womui