लेखा समिति बैठकमा कंसाकारले भने– सरकारी भएर झमेला भयो

69

छिनछिन खबर
काठमाडौं,मंसिर ९ । नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगरत्न कंसाकारले वाइडबडी विमान खरिद प्रक्रियामा कुनै अनियममितता नभएको दाबी गरेका छन् ।आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा कंसाकारले सरकारी स्वामित्वको कम्पनी भएकै कारण विमान खरिद प्रक्रियामा झमेला भएको दाबी गरे ।

‘टेन्डरिङ प्रक्रियाबाट वाइडबडी आएको छ’ समितिको बैठकमा उनले भने, ‘प्राइभेट सेक्टरको भएको भए यति ठूलो झमेला हुँदैहुँदैनथ्यो । सरकारी भएर झमेला भयो ।’सार्वजनिक खरिद ऐन र निगमको विनियामवली अनुसार नै विमान गरिद गरिएको पनि उनले बताए । तर यसअघि महालेखा परीक्षकको प्रतिवेदनमा मूल्य र खरिद प्रक्रियाबारे प्रश्न उठाइएको थियो ।यस्तै पर्यटन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले पनि विमान खरिद प्रक्रियाका फेहरिस्त समितिको बैठकमा प्रस्तुत गरेका थिए ।सोअघि सांसदहरुले विमान खरिद प्रक्रिया र अनियमितताका विषयमा केन्द्रीत रहेर प्रश्न गरेका थिए ।

Womui
Womui