राष्ट्रपतिका लागि गाडी खरिद गर्न भिख माग्दै युवाहरु

186

छिनछिन खबर

काठमाडौं, मंसिर ८ । केही युवाहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको लागि १८ करोडको गाडी खरिद गर्ने प्रतिक्रियाको सांकेतिक विरोध गर्दे राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका छन् । जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु सम्बोधन हुनुको साटो जनताले चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोध स्वरुप एक रुपैयाँ भिख मागेका हुन् । सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटफ्रुफ गाडीसहितको सवारी साधन किन्ने निर्णय गरेपछि सो निर्णयको चौतर्फी विरोध भईरहेका बेला स्वतस्फुर्त रुपमा युवाहरु भीख माग्ने कार्यक्रमा सहभागी भएका हुन् ।

शनिबार  पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाहरुले ‘दान गर्नुहोस् पुन्य कमाउनुहोस्’ भन्दै सर्वसाधरणसंग एक एक रुपैया भिख मागेका हुन् । १८ करोड रुपैयाँको गाडी चढ्ने नेपालीको हैसियत नभएको र राज्यको ढुकुटी रित्याएर कसैको पनि विलासिताको चाहना पुरा गराउन जनताले सरकारलाई म्याण्डेट दिन नसक्ने भन्दै युवाहरुले निर्णयको विरोध गरेका छन् । युवाहरुले पशुपति बनकालि क्षेत्रमा बसेर दर्शनार्थी, बटुवा, बालबालिका बुढाबुढी सबैसँग भिख मागेका थिए ।

Womui
Womui