नीर्मलाकी आमा दुर्गादेवी भन्छिन्, श्रीमानको स्वास्थ्य अवस्था देखेर चिन्ता लाग्छ

83

छिनछिन खबर
कञ्चनपुर, मंसिर ७ । १३ वर्षीया छोरी निर्मला पन्तको हत्या भएको यति धेरै दिन बितिसक्दा पनि हत्यारा पत्ता लागेको छैन । हत्यारा पत्ता लगाएर कारवाही गर्न माग गर्दै निर्मलाका बुवा आमा १४ दिनदेखि कञ्चनपुरको जिल्ला प्रशासन कार्यालयअघि धर्नामा बसिरहेका छन् । अनिश्चितकालीन धर्ना बसेका निर्मला पन्तका बुवा अस्वभाविक रूपमा बरबराउन थालेका छन् । ५ दिनअघिबाट यज्ञराज अस्वभाविक रूपमा बढी बोल्ने र बरबराउने गर्न थालेको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताइन् ।

उनीहरू धर्नाका क्रममा राम्ररी खानर सुत्न पाउँदैनन् ।धर्नामा बसेको केही दिनपछि उनलाई डाक्टरले जाँचेका थिए । त्यति बेला रक्तचाप कम मात्र देखिएको थियो ।गत साउन १० गते साथीको घरमा होमवर्क गर्न भन्दै गएकी थिइन् । उनी फर्केर आइनन् । खोजीगर्दा गर्दै भोलिपल्ट उल्टाखाम भन्ने ठाउँको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । उनलाई बलात्कार गरी मारिएको पोष्टमार्टम रिपोर्ट आएको थियो ।उनको हत्यामा अनुसन्धानमा प्रहरीले लापरवाहि गरेको भन्दै तत्कालिन एसपी दिल्लीराज बिष्टलगायतलाई बर्खास्त गरिएको छ ।

Womui
Womui