‘स्मार्ट लाईसेन्स’ को टेण्डरमा अनियमितता, बोलपत्र नखुल्दै अख्तियारमा उजुरी

161

छिनछिन खबर
काठमाडौं,मंसिर ७ । यातायात व्यवस्था विभागबाट आह्वान गरिएको स्मार्ट लाइसेन्सको टेण्डर नै त्रुटिपूर्ण रहेको पाइएको छ । स्मार्ट लाइसेन्सको सप्लाई, डेलिभरी तथा कार्ड प्रिन्टिङ मेशिन खरिदका लागि आह्वान गरेको टेण्डरमा एउटा कम्पनीले मात्र पाउने गरी कार्ड प्रिन्टरको स्पेशिफिकेसन राखेर मिलेमतोमा टेण्डर आह्वान गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

बिहिबार आयोगमा दर्ता भएको ‘८३८३’ दर्ता नम्बरको उजुरीअनुसार विभागले टेण्डरमा उल्लेख गरेको कार्ड छपाई मेशिनको स्पेशिफिकेसन विश्वभर उपलब्ध भएका मेशिनहरु मध्ये ‘डाटाकार्ड’ नामक कम्पनीले उत्पादन गरेको कम्पनीसँग मात्र मेल खान्छ ।डाटाकार्ड कम्पनीले फ्रान्सेली कम्पनी ‘आईडिमिया’ लाई मात्र उक्त प्रिन्टर उपलब्ध गराएपछि यातायात ब्यवस्था विभागले ‘आईडिमिया’ सँगको मिलेमतोमा टेण्डर आह्वान गरेको खुलेको छ । डाटाकार्डले ‘आईडिमिया’ लाई मात्र प्रिन्टर उपलब्ध गराएर अन्य विडरहरुको प्रिन्टर खरिद प्रस्ताव अस्विकार गरेको बताईएको छ ।शुक्रबार खोलिने बोलपत्रमा डाटाकार्ड र आईडिमिया सँगको मिलेमतोमा यातयात ब्यवस्था विभागले टेण्डर आह्वान गरेको भन्दै आयोगसमक्ष छानविनको माग गरिएको छ । बिहीबार अख्तियारमा दर्ता भएको उजुरी पत्रमा भनिएको छ, ‘एउटा कम्पनीले मात्र बिड गर्न मिल्नेगरी मिलेमतोमा आह्वान गरिएको बोलपत्र बारे समयमै छानविन गरी भ्रष्ट कर्मचारीलाई कानुनी दायरामा ल्याइयोस् ।’

Womui
Womui