डडेलधुरा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, १० जनाको सनाखत

50

छिनछिन खबर
डडेल्धुरा,मंसिर ७ । डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहिबार साँझ बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।दुर्घटनामा परी २५ जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीका अनुसार भाडामा लिइएको डोटीको पिसजोन विद्या निकेतन स्कूलको बस दुर्घटनामा परेको हो ।अमरगढी–५ स्थित उग्रतारा मन्दिरमा लागेको मेलाबाट घर फर्किँदै गरेका यात्रु दुर्घटनामा परेका थिए ।डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको थियो ।घाइतेहरुको उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा उपचार भैरहेको छ ।जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार मृत्यु भएका १८ जना मध्ये हालसम्म १० जनाको सनाखत भएको छ भने ८ जनाको सनाखत हुन बाँकी रहेको छ ।

मृतकको सूची

१. चक्र धामी, वर्ष २२, डडेलधुरा

२. माया रावल, वर्ष १८, डडेलधुरा

३. शशी विक, वर्ष खुलेको छैन, डोटी

४. माया भाट, वर्ष २५, डोटी

५. कैलाश रावल, वर्ष ४०, डोटी

६. योगेन्द्र रावल, वर्ष ४०, डोटी

७. रोहित बलायर, वर्ष १६, डोटी

८. पुरण कठायत, वर्ष २३, कैलाली

९. तिलक खाती, वर्ष २०, कैलाली

१०. टेक धामी, वर्ष खुलेको छैन, कैलाली

Womui
Womui