विदेशबाट फर्किएर उद्यम गर्नेलाई १० लाख उपलब्ध गराउन सरकारले माग्यो आवेदन

57

छिनछिन खबर
काठमाडौं, मंसिर ६ । वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गर्नलाई १० लाख रुपैयाँसम्म ऋण दिन सरकारले आवेदन मागेको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले यसका लागि आवेदन मागेको हो । विदेशमा काम गरेर फर्किएका र स्वदेशमा स्वरोजगार बन्न उद्यम गर्न चाहनेले बोर्डमा आवेदन दिन सक्नेछन् ।


यसका लागि पुस मसान्तसम्म आवेदन दिन सकिने बोर्डले जनाएको छ ।

Womui
Womui