मिस वल्र्ड प्रतियोगितामा शृंखला खतिवडा सवैभन्दा अगाडि

35

छिनछिन खबर
काठमाडौं, म्रसिर ६ । मिस वल्र्ड २०१८ मा नेपालबाट प्रतिनिधित्व गरेकी शृंखला खतिवडा अन्य प्रतिस्पर्धीभन्दा अग्रस्थानमा देखिएकी छिन् । विभिन्न चरणका प्रतिस्पर्धामा उनी अग्रपंक्तिमा देखिएकी हुन् । चीनको सान्या सहरमा जारी मिस वल्र्ड २०१८ मा एक सय २० देशका सुन्दरीले सहभागिता जनाएका थिए । जसमा शृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरेकी छिन् । अहिलेम्मको भोटिङमा उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि छिन् ।


मिस वल्र्ड लागि खुला गरिएको भोटमा २५.८२ प्रतिशत मत प्राप्त गरेर पहिलो नम्बरमा छिन् । उनले प्राप्त कुल मतमध्ये एक लाख ७५ हजार मत प्राप्त गरेकी छिन् । दोस्रो नम्बरमा मिस रसिया रहेकी छिन् । मिस रसियालाई प्राप्त कुल मतमध्ये चार प्रतिशत अर्थात् २५ हजार मत प्राप्त भएको छ । मिस वल्र्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी हुन् ।

Womui
Womui