३ महिनाभित्रै पुनर्बीमा कम्पनीको आइपिओ

18

छिनछिन खबर
काठमाडौं, मंसिर ६ । दश अर्ब रुपैयाँभन्दा बढी चुक्तापूँजी भएको नेपाल पुनर्बीमा कम्पनीले आगामी तीन महीनाभित्रमा इनिसियल पब्लिक अफरिङ (आइपिओ) जारी गर्ने भएको छ । आइपिओ निष्कासन व्यवस्थापनका लागि राष्ट्रिय वािणज्य बैंक (आरबिबी मर्चेण्ट) लाई तोकिएको छ । नेपाल पुनर्बीमा कम्पनीको पाँचौँ वार्षिकोत्सवका अवसरमा केही दिनअघि रासससँगको कुराकानीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले आगामी दुई÷तीन महीनाभित्रमा आइपिओ जारी हुने जानकारी गराए ।


७ अर्ब ५० करोड रुपैयाँभन्दा बढी व्यापार गर्ने लक्ष्यका साथ कम्पनीले काम गरिरहेको बताउँदै उनले भारत सरकारका स्थापित ४ वटा बीमा कम्पनीले नेपाल पुनर्बीमा कम्पनीसँग सहकार्य गर्नु कम्पनीका निम्ति उपलब्धि भएको बताए । प्रभावकारी पुनर्बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले १ अर्ब ५० करोड रुपैयाँ कम्पनीले बीमा शुल्क आर्जन गरेको जानकारी दिए । उनले अन्तर्रा्ष्ट्रियस्तरका ११ वटा कम्पनीसँग कारोवार भइरहेको बताए ।

Womui
Womui