पुराना पत्रकार सिद्धिकीको निधन

27

छिनछिन खबर
नेपालगन्ज, मंसिर ६ । नेपालगन्जका पुराना पत्रकार रहीस अहमद सिद्दीकीको निधन भएको छ । उपचारको क्रममा बुधबार राति उनको कोहलपुर शिक्षण अस्पतालमा निधन भएको हो ।


उनी नेपालगन्जबाट प्रकाशित ‘समय अधिकार दैनिक’ का प्रकाशक÷सम्पादक तथा दारुलउलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिका अध्यक्ष थिए । कलेजो र मिर्गौलामा संक्रमण भएर विगत छ महीनादेखि अस्वस्थ रहँदै आएका उनी दश दिनदेखि अस्पतालमै थिए । सिद्दीकीको उपचारका लागि काठमाडौँ र भारतको लखनउका अस्पतालमा भर्ना गरिए पनि रोग निको हुनसकेको थिएन । दुई वर्षअघि उनको मुटुको शल्यक्रियासमेत गरिएको थियो ।

Womui
Womui