भक्तपुरकी उपमेयर जोशीको घरबाट १६ लाख बराबरको चोरी

47

भक्तपुर, मंसिर ६ (रासस) । भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा चोरी भएको छ । सूर्य्विनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब १५ लाख ९८ हजार ७ सय ५० रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ , प्रहरीले चोरीका सम्बन्धमा अनुशन्धान अघि बढाएको जनाएको छ ।

यसैबीच मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदनसुन्दर श्रेष्ठ दिनदाहाडै जनप्रतिनिधिको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन् । प्रेस विज्ञप्ती जारी गर्दै उनले ढोका फोडेर भएको चोरीको निन्दा गर्दै चाँडो अनुसन्धान गरी चोरी गर्नेलाई नियन्त्रणमा लिन माग गरेको नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिए ।

Womui
Womui