रूपन्देहीमा मोटरसाइकल र कार ठोक्किदा मोटरसाइकलमा सवार दुइको मृत्यु

187

छिनछिन खबर

बुटवल, मंसिर ५ । रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ ।पूर्व¥पश्चिम राजमार्ग अन्तर्गत  सैनामैना सोरौलीबाट बुटवलतर्फ आउँदै गरेको बा१६च ८०१६ नम्बरको (हाइलक्स) कार र विपरीत दिशातर्फ जाँदै गरेको से४प ७७७५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नंं ८ बस्ने तिलक सुनार रहेको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ । मृत्यु हुने अर्का व्यक्तिको पहिचान  हुन सकेको छैन् । सडकबाट तल खसेको छ ।

Womui
Womui