गृहमन्त्री बादलकै अगाडि पूर्वलडाकुले गरे विष सेवन

116

छिनछिन खबर
काठमाडौं,मंसिर ५ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को कार्यकक्षमै एक पूर्वलडाकुले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् ।पूर्वलडाकु कुलप्रसाद भट्टराईले सिंहदरबारस्थित कार्यकक्षमा गृहमन्त्री थापालाई भेट्न पुगेको बेला आत्महत्याको प्रयास गरेका हुन् ।

गृहमन्त्री बादलसँग कुराकानी गरिरहेका बेला भट्टराईले खल्तीबाट विष निकालेर सेवन गरेको गृह मन्त्रालय स्रोतले बताएको छ ।सिंहदरबार प्रहरीका अनुसार भट्टराईले यसअघि पनि विष सेवन गरेको हुनसक्ने आशंका रहेको छ । हाल भट्टराईको वीर अस्पतालमा उपचार भइरहेको छ भने उनको रगत टेष्टको लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

Womui
Womui