राष्ट्रिय परिचयपत्र वितरण सुरु, पहिलो परिचयपत्र १०१ वर्षीया भगवतीदेवीलाई

16

छिनछिन खबर
पाँचथर, मंसिर ३ । राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । फिदिमकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरिएको छ । गृह मन्त्रालयले पाँचथरको फिदिममा आयोजना गरेको राष्ट्रिय परिचयपत्र वितरण समारोहमा गृहमन्त्री रामबहादुर थापाले भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरे । परिचयपत्र प्रदान गरेपछि गृहमन्त्री थापाले उनै भण्डारीबाट आफ्नो नाममा जारी भएको राष्ट्रिय परिचयपत्र समेत लिए ।


२०६७ देखि चर्चा चलेको राष्ट्रिय परिचयपत्र पहिलो चरणमा पाँचथर र सिंहदरबार भित्रका कर्मचारीलाई वितरण थालिएको गृहमन्त्रालयले जनाएको छ । सरकारले वितरण सुरु गरेको राष्ट्रिय परिचयपत्रमा नागरिकका व्यक्तिगत र जैविक सुचना संकलन गरिनेछ ।
नागरिकलाई राष्ट्रिय परिचय नम्बर र बायोमेट्रिक प्रविधि सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको गृहमन्त्रालयले जनाएको छ । राष्ट्रिय परिचयपत्र देशभरि दुई वर्षसम्म वितरण गर्ने लक्ष्य लिइएको छ ।

Womui
Womui