नेविसंघको कार्यकाल २ महिना थप्ने निर्णयको काँग्रेस महामन्त्रीबाटै विरोध

56

छिनछिन खबर
काठमाडौं,मंसिर ३ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल विद्यार्थी संघ (नेविसंघ) को कार्यकाल २ महिना थप्ने निर्णयको विरोध गरेका छन् ।महामन्त्री कोइरालाले २ महिना भित्र नेविसंघको महाधिवेशन सम्पन्न गराउन सम्भव नरहेको भन्दै पार्टी केन्द्रीय कार्य समितिको आइतबार बसेको बैठकको निर्णयको विरोध गरेका हुन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले आफू नेविसंघको महाधिवेशनको मिति ६ महिना पछि सार्ने पक्षमा रहेको पनि स्पष्ट पारे ।आइतबार साँझ बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकमा सभापति शेरबहादुर देउवाले नेविसंघको म्याद २ महिना मात्रै थप गर्ने प्रस्ताव बहुमतले पारित भएको थियो । तर महामन्त्री कोइरालाले २ महिना भित्र नेविसंघको महाधिवेशन सम्पन्न गराउन सम्भव छ ? भनि सभापति देउवालाई प्रश्न गरे ।महामन्त्री कोइराला आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएका थिएनन् ।

फागुनमा स्ववियूको निर्वाचनपछि नेविसंघको महाधिवेशन गर्ने निर्णय गरेको भए उपयुक्त हुने उनको प्रतिक्रिया थियो ।महामन्त्री कोइरालाले पार्टीको महासमिति बैठक अब सार्न नहुने धारणा पनि राखे । आगामी मंसीर २८ गतेबाट सुरु हुने भनि गरिएको निर्णय अनुसार नै महासमिति बैठक बस्नुपर्ने उनको अडान छ । महामन्त्री कोइरालाले पार्टीको विधान निर्माणमा गम्भिर भएर लाग्न पनि विधान संशोधन मस्यौदा समितिलाई सचेत गराए ।

Womui
Womui