सन्तान गुमाउँदाको पिडामा भावविह्वल सीता

43

छिनछिन खबर

ललितपुर, मंसिर ३ । आफ्नो परिवारका सदस्य गुमाउँदा पिडा त सबैलाई हुन्छ । तर आफ्नो जन्म दिएको सन्तान गुमाउँदाको पिडा असह्य हुने कुरा स्व.प्रकाश दाहालकी आमा सीता दाहालको तस्बिरबाट प्रष्ट देख्न सकिन्छ । प्रकाश दाहालको एक वर्ष अघि ह्दयघातका कारण मृत्यु भएको थियो । एक मात्र छोरा गुमाए पछि आमा अझैं सामान्य स्थितिमा फर्कन सकेकी छैनन् । आफूलाई सम्हाल्दै प्रचण्डले बेला बेलमा पत्नी सीतालाई सम्झाउँथे । छोरीहरूले आमालाई सम्हालीरहेका थिए । सोमबार बिहान अन्य दिनको तुलनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा पुगेका मानिसहरुको अनुहार मलिन देखिन्थ्यो ।

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डका छोरा स्व.प्रकाश दाहाललाई श्रद्धान्जली दिन पुगेका सवैले स्व. प्रकाश दाहालको स्मरण गरेका थिए । प्रचण्ड निवास खुमलटारमा सोमबार बिहान आयोजना गरिएको स्मृति सभामा प्रधानमन्त्री, उपराष्ट्रपति, मन्त्रीहरु लगायत विभिन्न दलका नेताकार्यकर्ताहरु सहभागि भएका थिए ।

स्मिृति सभामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री झलनाथ खनाल सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राजपाका नेता महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुले स्व. दाहालप्रति श्रद्धान्जली व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले छोरा प्रकाश दाहाल र २ वर्षअघि निधन भएकी छोरी ज्ञानुको नाममा ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ स्थापना गरिएको घोषणा गरेका छन् । ज्ञानुको क्यान्सरका कारण निधन भएको थियो ।प्रधानमन्त्री केपी ओलीले प्रकाश दाहालको निधनबाट सिंगो पार्टी देश र जनता अझैं पीडामा रहेको उल्लेख गर्दे त्यसलाई शक्तिमा बदलेर देश र जनताको सेवामा लागि रहने प्रतिवद्धता व्यक्त गरे । जनताको हितमा योगदान गर्न सके स्वर्गीय प्रकाश दाहालप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास पनि व्यक्त गरे ।

 

Womui
Womui