छिनछिन खबर
काठमाडौं, मंसिर १ । २७ वाणिज्य बैंकहरुले पहिलो त्रैमासिक अवधिमा १४ अर्ब २७ करोड खुद नाफा कमाएका छन् । चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा ती बैंकहरुले गत आवको सोही अवधिमा भन्दा ४३. ८५ प्रतिशत बढीले नाफा बढाएका हुन् । राष्ट्रिय वाणिज्यबाहेक अन्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार नविल र इन्भेष्टमेन्ट बैंकले सबैभन्दा धेरै १ अर्ब ५ करोड खुद नाफा कमाएका छन् ।
जसमा गत आवको यस अवधिमा इन्भेष्टमेन्टले नविललाई जितेको थियो । गत आवको तीन महिनामा कुनै पनि बैंकले आफ्नो नाफा १ अर्ब नघाउन सकेका थिएनन् नाफा बढोत्तरीको आधारमा मेगा बैंकले सबैभन्दा धेरै प्रगति गरेको छ । समीक्षा अवधिमा ३९४ प्रतिशतले मेगा बैंकले नाफा बढाएको छ । त्यस्तै एनआइसी एसिया बैंकले १७० प्रतिशतले नाफा बढाएको छ । यस अवधिमा सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडको नाफा भने घटेको छ । गत आवको पहिलो त्रैमासमा ९७ करोड खुद नाफा गरेको बैंक अहिले ९१ करोडमा खुम्चिएको छ ।
हेरौं यस आवको पहिलो त्रैमास र गत आवको पहिलो त्रैमासमा कुन बैंकको नाफा कति ?
बैंक खुद नाफा (अहिलेको) खुद नाफा (पहिलेको)
नविल १ अर्ब ५ करोड ८५ करोड १४ लाख
नेपाल इन्भेष्टमेन्ट १ अर्ब ५ करोड ८९ करोड ४९ लाख
एनआइसी एसिया ७५ करोड २६ लाख २७ करोड ७९ लाख
कृषि विकास ६६ करोड ३१ लाख ३६ करोड ३९ लाख
नेपाल बैंक ९१ करोड ३८ लाख ९७ करोड १३ लाख
एभरेष्ट बैंक ६३ करोड ३३ लाख ५३ करोड १४ लाख
हिमालयन बैंक ६४ करोड ९६ लाख ४१ करोड १ लाख
एसबिआइ ४८ करोड ९७ लाख ४३ करोड ८८ लाख
एनएमबि ५५ करोड ५ लाख ४६ करोड ३४ लाख
स्टान्डर्ड चार्टड ६३ करोड ४१ लाख ५० करोड
ग्लोबल आइएमई ५३ करोड ५८ लाख ३९ करोड २९ लाख
सानिमा बैंक ५१ करोड ८८ लाख ३७ करोड ५० लाख
सिद्धार्थ ५२ करोड ५० लाख ३६ करोड ६९ लाख
सनराइज बैंक ३३ करोड १४ लाख २० करोड ३७ लाख
प्रभु बैंक ५९ करोड ८४ लाख ३४ करोड ८७ लाख
माछापुच्छ्रे ३७ करोड १६ लाख २५ करोड ३ लाख
बैंक अफ काठमाण्डु ३८ करोड ६८ लाख २२ करोड ४० लाख
कुमारी बैंक ३५ करोड १८ लाख १४ करोड ४३ लाख
मेगा बैंक ४० करोड ४५ लाख ८ करोड १८ लाख
लक्ष्मी बैंक ३० करोड ३० लाख २२ करोड ५९ लाख
सिटिजन्स ४२ अर्ब ८८ करोड ३१ करोड ९० लाख
एनसिसी ४६ करोड ९१ लाख २५ करोड १४ लाख
सेन्चुरी कमर्सियल २७ करोड ४० लाख १३ करोड ३८ लाख
नेपाल बंगलादेश ३० करोड १९ लाख २२ करोड ९७ लाख
जनता बैंक ३२ करोड १९ लाख १६ करोड १३ लाख
प्राइम कमर्सियल ५८ करोड १९ लाख ३९ करोड ९९ लाख
सिभिल १८ करोड ५० लाख ११ करोड २८ लाख