सेवाग्राहीबाट रकम असुल्ने ३ बिचौलिया तहाचल श्रम कार्यालयबाट पक्राउ

207

छिनछिन खबर
काठमाडौं,कात्तिक ३० । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृतीको प्रक्रियाका लागि श्रम कार्यालय पुगेका सेवाग्राहीबाट रकम असुल्ने ३ जना मध्यस्तकर्ता (बिचौलिया) लाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार कालिमाटी प्रहरीले वैदेशिक रोजगार श्रम कार्यालय, तहाचलको परिसरबाट उनीहरूलाई पक्राउ गरेको हो।

कार्यालय आसपासमा बसेर वैदेशिक रोजगारीमा जाने प्रक्रियाका लागि आएका सेवाग्राहीसँग छिटो काम गराइदिने बहानामा रकम असुल गर्ने उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेमा रोशन सिवाकोटी, ऋषि मोक्तान र हितबहादुर धिमाल रहेका कालिमाटी प्रहरीले जानकारी दिएको छ।सादा पोसाकमा ग्राहक बनेर गएका प्रहरीले ती मध्यस्तकर्तालाई पक्राउ गरेको हो।बिचौलियाका कारण सेवा लिन असहज भएको गुनासो सेवाग्राहीबाट आएपछि सादा पोसाकमा कार्यालय आसपासमा अनुगमन गरेको थियो।सेवाग्राहीको भिड लाग्ने कार्यालय परिसरमा यस्ता मध्यस्तकर्ताले बाटै छेकेर सेवाग्राहीलाई दुःख दिने गरेको गुनासो छ।

Womui
Womui