सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

234

छिनछिन खबर
राजविराज,कात्तिक ३० । सप्तरीमा पानी तान्ने मोटरबाट करेन्ट लागेर शुक्रबार एक महिलाको मृत्यु भएको छ।राजविराज नगरपालिका ११ झलहीका शत्रुघन यादवकी पत्नी ३० वर्षीया रेखादेवी यादवको करेण्ट लागेर मृत्यु भएको हो।

उनी राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवको भाइ बुहारी हुन्।आफनै घरमा रहेको पानी तान्ने मोटर बिग्रिएपछि चेक गर्ने क्रममा रेखालाई करेण्ट लागेको थियो।सिकिस्त अवस्थामा फेला परेकी उनलाई तत्कालै राजविराज स्थित सगरमाथा अञ्चल अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।मृतकको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको सप्तरीका एसपी राजेन्द्र विष्टले बताए।

Womui
Womui