मुख्यमन्त्री पोखरेलसँग अमेरिकी राजदुतको भेट

115

बुटवल, कात्तिक २९-
प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि अमेरिकी राजदुत ¥याण्डी डब्लु बेरीले बिहीबार भेट गरेका छन् । मुख्यमन्त्रीको कार्यकक्षमा भएको भेटमा संघीयता कार्यान्वयनमा हालसम्म भएका काम, समृद्धिका लागि प्रदेशका प्राथमिकता, नेपालको विकासमा अमेरिकाले गरेको सहयोग र सहयोगका क्षेत्रबारे छलफल भएको छ । पोखरेलले तीन तहको चुनावपछि संघीयता पूर्ण रुपमा कार्यान्वयनमा आएको, प्रशासनिक पुनःसंरचना र वित्तीय संघीयता कार्यान्वयन हुन बाँँकी रहेको जानकारी दिएका थिए ।

प्रशासनिक पुनःसंरचनाले प्रशासनिक संघीयता कार्यान्वयन हुने र वित्तीय संघीयता कार्यान्वयन भएपछि संघीयताको पूर्णरुपमा व्यवहारिक अभ्यास र कार्यान्वयन हुने जानकारी पोखरेलले राजदुत बेरीलाई जानकारी गराए । भेटमा मुख्यमन्त्री पोखरेलले प्रदेश ५ मिनी नेपालको रुपमा रहेको भन्दै प्रदेशको विशेषता बताएका थिए । उक्त प्रदेशमा हिमाल, पहाड र तराई रहेको र नेपालका अरु सबै प्रदेशका विशेषताहरु रहेको पोखरेलले राजदुतलाई जानकारी गराएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

भेटमा राजदूत बेरीले नेपालको संघीयता कार्यान्वयनमा अमेरिका सरकारले के सहयोग गर्न सक्छ भन्ने जिज्ञासा राखेका थिए । उनले अमेरिकाले २ सय ५० वर्षदेखि संघीयताको अभ्यास गर्दै आएको र अझै धेरै गर्न बाँकी रहेको तथा संघीयता कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका थिए ।

Womui
Womui