नेपालगन्जको पुष्पलाल चोकमा फेला परेको बम डिस्पोज

65

नेपालगन्ज, कात्तिक २९-
प्रहरीले नेपालगन्जको शान्ति सुरक्षामा सुधार आएको दाबी गरिरहेका बेला दिनदहाडै बम फेला परेको छ । अति ब्यस्त रहने स्थानीय पुष्पलाल चोकमा बिहीबार दिउँसो पाईप बम फेला परेको हो । पुष्पलालको शालिक मुनि प्लाष्टिकले छोपेर राखिएको उक्त बमलाई नेपाली सेनाको भैरव प्रसाद गणको टोलीले डिस्पोज गरेको छ ।

सेनाको टोलीले उक्त बमलाई पुष्पलाल चोकबाट उठाएर वाटरपार्कको खुल्ला क्षेत्रमा लगी डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए । बम राख्ने ब्यक्ति र समुहको पहिचान हुन नसकेको उनले बताए । उक्त बम बिहीबार नै कसैले राखेको हुन सक्ने एसपी पौडेलको अनुमान छ । बमसहित कमाण्डो गु्रप लेखिएको एक पर्चा पनि फेला परेको प्रहरीले जनाएको छ ।

उक्त घटनाका एक शंकास्पद ब्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको प्रहरीले जनाएको छ । दिउँसै बम भेटिएको हल्लाले पुष्पलाल चोकमा तनाव उत्पन्न भएको थियो । शंकास्पद बस्तु फेला परेपछि बम भए÷नभएको पत्ता लगाउन कुुकुर प्रयोग गरिएको थियो ।

Womui
Womui