प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा राजन भट्टराई नियुक्त

97

छिनछिन खबर
काठमाडौं, कात्तिक २६ । प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकारमा राजन भट्टराई नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले भट्टराईलाई सल्लाहकार नियुक्त गरेको हो ।


पूर्वसांसद भट्टराई नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) का सदस्यसमेत हुन् । माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि उनी परराष्ट्र सल्लाहकार थिए । प्रधानमन्त्री ओलीले राजनीतिक सल्लाहकार, सञ्चार, जनसम्पर्क लगायतका विभागमा सल्लाहकार नियुक्त गरे पनि विदेश मामिला सम्बन्धी सल्लाहकार नियुक्त गर्न सकेका थिएनन् ।

Womui
Womui