तीन देशमा राजदूत सिफारिस, भारतमा निलाम्बर आचार्य

174

छिनछिन खबर
काठमाडौं–  सरकारले तीन देशका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । जस अनुसार भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाललाई राजदूत बनाउने सरकारले निर्णय गरेको हो । भारतका लागि सिफारिस गरिएको आचार्य नेपाल–भारत प्रवुद्ध समूहका सदस्यसमेत हुन् ।


मलेसियाका लागि सिफारिस गरिएका पाण्डे साउदी अरेबियाको राजदूत भइसकेका छन् । ढकाल भने परराष्ट्र मन्त्रालयका सहसचिव हुन् ।
नेपालसँग महत्वपूर्ण साझेदारी गर्दै आएका ती देशमा लामो समयदेखि राजदूत नियुक्त हुन नसक्दा सरकारलाई मात्र नभई सर्वसाधारणलाई समेत समस्य हुँदै आएको थियो ।

Womui
Womui