ग्यास बुलेटको ठक्करबाट धादिङमा दुईको मृत्यु

99

छिनछिन खबर

काठमाडौं, कात्तिक २५ । धादिङ बेनिघाटस्थित विशालटारमा ग्यास बुलेटको ठक्करबाट पैदल हिँडिरहेका आमाछोरीको मृत्यु भएको छ ।मृत्यु हुनेमा धादिङको बेनिघाट गाउँपालिका–५ की ४० वर्षीया गीता नेपाली र उनकी २१ वर्षीया छोरी सुनिता नेपाली रहेको गजुरी ट्राफिक प्रहरीले जनाएको छ ।

उनीहरुको मलेखु र गजुरीमा उपचारको क्रममा ज्यान गएको हो ।  काठमाडौं आउँदै गरेको युपी ७५ एटी ५२०८ नम्बरको ग्यास बुलेट आमाछोरीलाई ठक्कर दिएर अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाए ।

Womui
Womui