कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने माग गर्दे अनिश्चितकालीन धर्ना

161

छिनछिन खबर
कञ्चनपुर, कात्तिक २५ । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको यति धेरै समय बित्दा पनि हत्यारा पत्ता लागेको छैन । छिटो भन्दा छिटो हत्यारा पत्ता लगाउन माग गर्दे नागरिक संघर्ष समितिले आइतबार  ‍¥यालीसहित जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर पुगेर अनिश्चितकालीन धर्ना सुरु गरेको हो ।

निर्मलाको हत्यारा सार्वजनिक नगरेसम्म २४ सै घण्टा (रातदिन) नै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने नागरिक संघर्ष समितिले बताएको छ । निर्मलाका बुवा यज्ञराज पन्तले सरकारले दोषी पत्ता लगाएर कारवाही नगरे परिवारसहित आमरण अनसन बस्ने चेतावनी समेत दिइसकेका छन् ।

Womui
Womui