पहिलो विश्वयुद्ध अन्त्य भएको १०० वर्षः युद्ध अन्त्य गर्न रेलमा भएको थियो सहमति

57

एजेन्सी–पहिलो विश्वयुद्ध समाप्त भएको १०० वर्ष पूरा भएको छ । सन् १९१४ को जुलाई २८ देखि सुरु भएको पहिलो विश्वयुद्ध सन् १९१८ को नोभेम्बर ११ अर्थात ठ्याक्कै १०० वर्षअघि समाप्त भएको थियो । प्रथम विश्वयुद्ध समाप्त भएको शताब्दी पुगेको अवसरमा फ्रान्सलगायतका मुलुकमा विशेष कार्यक्रम भएको छ । फ्रान्सको कार्यक्रममा विश्वभरका नेताहरु सहभागी भएका छन् । युरोपमा सुरु भएर फैलिएको पहिलो विश्वयुद्ध विश्वको पहिलो सबैभन्दा ठूलो हिंसात्मक युद्धको रुपमा रहेका छ ।


युद्ध अन्त्यका लागि तत्कालीन समयमा संलग्न प्रमुख देशका नेताबिच एउटा रेलमा भएको छलफलमा सहमति बनेको थियो र युद्ध अन्त्य गर्ने सम्झौता भएको थियो । त्यसकै सम्झना स्वरुप फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर मर्केलले पहिलो विश्वयुद्धको स्मृति पुस्तिकामा रेलमै बसेर हस्ताक्षर गरेका छन् । फ्रान्स भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नागरिकको समाधी स्थलमा आयोजित कार्यक्रम खराब मौसमका कारण रद्द गरेका थिए । यसको आलोचना भयो ।

फ्रान्सको राजधानी पेरिसमा आइतबार विश्व युद्धमा मारिएका अज्ञात सैनिकहरुको सम्झनामा हुने विशेष कार्यक्रमको नेतृत्व फ्रान्सेली राष्ट्रपति म्याक्रोनले गर्ने छन् । यो कार्यक्रममा विश्वका ७० भन्दा बढी देशका नेता सहभागी हुँदैछन् । चार वर्ष तीन महिना दुई हप्ता चलेको पहिलो विश्वयुद्धका कारण करिब ९० लाख सैनिक तथा ७० लाख सर्वसाधारणको ज्यान गएको थियो । पछिल्लो समयमा विश्वमा शान्ति स्थापना गर्नुपर्ने चर्को माग हुँदै आएको छ । तर, अझै पनि शक्ति सम्पन्न मुलुकहरूको घातक हतियारको मोह भने घट्न सकेको छैन ।

Womui
Womui