२ लाखसहित भारतीय युवक पक्राउ

128

छिनछिन खबर
काठमाडौं,कात्तिक १८ । २ लाख भारतीय रुपैयाँसहित शनिबार दिउँसो प्रहरीले भारतीय युवकलाई वीरगंजबाट पक्राउ गरेको छ। वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित सडकबाट भारत विहार पूर्वी चम्पारण मोतिहारी रक्सौल–२२ नागारोड बस्ने १९ वर्षीय रोहितकुमार शर्मालाई ५ सय दरको नोट ४ सय थान गरी २ लाख भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा सोही ठाउँस्थित खटिएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरीले जाँच गर्ने क्रममा शर्मालाई अवैध रुपमा ल्याएको उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरीले राजस्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाएको छ।

Womui
Womui