सहायक वन अधिकृतले कसरी जोडे २ करोडको सम्पत्ति ?

51

छिनछिन खबर
काठमाडौं– एक सहायक वन अधिकृतले कति रकम आर्जन गर्न सक्ला ? निजामती सेवाको राजपत्र तृतिय श्रेणीको अधिकृतको तलब हालको स्केलमा भत्तासहित ३२ हजार पुगेको छ । अवकाश पाउँदाको अवधिसम्म उसले आर्जन गरेको सम्पत्ति हिसाब गर्दा बचतको रुपमा केही लाख रुपैयाँ हुन सक्ला ।


तर, ती वन अधिकृतको करिब २ करोड रकम अवैधानिक रुपमा आर्जन गरेको पाइएको छ । यही बीचमा उनले ३ करोड रुपैयाँ अवैधानिक रुपमा कमाएको रकम खर्च गरेको र त्यसको स्रोत खुल्न समेत नसकको अनुसन्धानबाट भेटिएको छ । यसरी २ करोड अकुत सम्पत्ति आर्जन गर्न अवकाश प्राप्त सहायक वन अधिकृत विनोद कुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी कार्यबाट रकम आर्जन गरी लुकाएको भेटेपछि सोमबार विशेष अदालतमा मुद्दा समेत दायर गरेको छ ।

सिंह २०४३ सालमा निजामती सेवामा भर्ना भएका थिए। अख्तियारले हाल उनीसँग रहेको सम्पत्ति हेर्दा उक्त रकमको स्रोत पुष्टि हुन नसकेको हो । यो अवधिमा तीन करोड ५१ लख ८२ हजार ६ सय ४४ रुपैयाँ खर्च गरेको अख्तियारको अनुसन्धानमा खुलेको छ। खर्च भइसकेको रकम समेत अवैधानिक स्रोत हुन सक्ने तर त्यसलाई पुष्टि गर्न नसकेपछि अख्तियारले आरोपपत्रमा दाबी गरेको छैन ।

Womui
Womui