कर्मचारीले सक्कली यार्सागुम्बा लुकाएको ब्यापारीको आरोप

57

नेपालगन्ज, कात्तिक १३-
लिलाम प्रक्रियामा चढाउँदा डिभिजन वन कार्यालय बाँकेका कर्मचारीले सक्कली यार्सागुम्बा लुकाएर नक्कलीलाई विक्री गर्न खोजेको ब्यापारीले आरोप लगाएका छन् । गत भदौं १६ गते नेपालगन्ज विमानस्थलबाट बरामद भएको ६ किलो १ सय ग्राम यार्सालाई लिलाम गरेर डिभिजन वन कार्यालय बाँकेले विक्री गर्न खोज्दा ब्यापारीले यस्तो आरोप लगाएका हुन् ।

?

कार्यालयले २१ दिने लिलाम बढाबढको सूचना प्रकाशित गरेकोमा सोमबार अन्तिम दिन ब्यापारीहरु टेण्डर हाल्न पुगेका थिए । टेण्डर हाल्नुअघि लिलाममा चढेको वन पैदवार खरिदकर्तालाई देखाउनुपर्ने प्रावधान भएपनि कर्मचारीले सुरुमा देखाउन नमानेको र अन्तिम समयमा देखाउँदा पहिलेको भन्दा धेरै फरक खालको यार्सा रहेको पाइएको सम्वद्ध ब्यापारीले मंगलबार पत्रकार सम्मेलनमा बताए । ‘टेण्डर फाराम किनेर हामी टेण्डर हाल्ने प्रक्रियामै थियौं, टेण्डर हाल्नुभन्दा अगाडी माल हेर्न दिनुपर्ने प्रावधान भएपनि हामीलाई कर्मचारीले हेराउन आनाकानी गरिरहे,’ सर्वणकुमार बुढाले भने ‘मैले स्वयं खरिद गरेको यार्सा अहिले फरक देखियो, यसमा कर्मचारीको ठुलो बद्मासी भएको छ ।’

डोल्पाबाट ल्याउँदै गरेको ६ किलो १ सय ग्राम यार्सा अबैध आशंकामा प्रहरीले नेपालगन्ज बिमानस्थलबाट पक्राउ गरेको थियो । उक्त यार्साको विषयमा आवश्यक अनुसन्धानका लागि प्रहरीले यार्सासहित संलग्न डोल्पाका ब्यापारी बुढालाई डिभिजन वन कार्यालयमा बुझाएको थियो । उक्त यार्सालाई उनले एक करोड ३२ लाख मुल्य खरिद गरेर ल्याएका थिए । यस विषयमा डिभिजन वन कार्यालय बाँकेका प्रमुख मोहन श्रेष्ठले भने, ‘बहुमुल्य जडिबुटी यार्सागुम्बा त्यसैपनि संवेदनशिल हुन्छ, यसको संरक्षण हुन नसकेमा तौल, आकार, रङ खस्किने सम्भावना हुन्छ, हामीले कानुनी रुपले शिलबन्दी गरिएको यार्सालाई सजिलैसँग साट्ने सम्भावना नै हुदैन ।’

Womui
Womui