प्रधानमन्त्री ओली अस्वस्थ, आइसियूमा भर्ना

59

छिनछिन खबर
काठमाडौं, कात्तिक १२ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । उनी केही दिनदेखि रुघाखोकीले ग्रस्त थिए । त्यो क्रम बढ्दै गएपछि आइतबार राति उनलाई मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा भर्ना गरिएको छ ।

 

अस्पतालका निर्देशक उत्तमकृष्ण श्रेष्ठका अनुसार प्रधानमन्त्रीको स्वासप्रश्वासमा समस्या देखिएको छ । शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा समेत उनी स्वास्थ्य समस्याकै कारण पुग्न सकेका थिएनन् । संक्रमण बढ्ने सम्भावना भएपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएपछि निवासमै बसेका थिए । मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमी रहँदै आएको छ ।

Womui
Womui