फुटबल क्लब लेस्टर सिटीका मालिकसहित ५ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु

60

एजेन्सी,कात्तिक १२ । इङ्लिस फुटबल क्लब लेस्टर सिटीका मालिकको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । आफ्ना थाई मालिक ६० वर्षीय भिचाई श्रीभादानाप्रभाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको क्लबले पुष्टि गरेको छ । उनीसहित पाँच जनाको मृत्यु भएको हो ।


मृतकहरूमा क्लबकै दुई कर्मचारी नुसारा सुक्नामाई र केभपोर्न पन्पेर, पाइलट एरिक स्वाफर र यात्रु इजाबेला रोजा रहेका छन् । शनिबार राति साढे ८ बजे इंग्ल्यान्डको किङ पावर स्टेडियम नजिक उक्त दुर्घटना भएको हो । घरेलु मैदानमा लेस्टर र वेस्टह्यामसँगको खेल हेरेर फर्किँदा मैदानबाहिर हेलिकोप्टर दुर्घटनामा परेको हो । भिचाइ थाई नागरिक हुन्। उनले सन् २०१० मा क्लब आफ्नो स्वामित्वमा लिएका थिए । क्लबले सन् २०१६ मा प्रिमियर लिगको उपाधि उचालेको थियो ।

Womui
Womui