बर्दिया जिल्ला अस्पतालमा डाक्टरको अभाव

252

बर्दिया, कात्तिक ९-
बर्दिया जिल्ला अस्पातालमा प्रर्याप्त दरबन्दी अनुुसार डाक्टर नहुदाँ सेवाग्राही सेवा लिनबाट बञ्चित भएका छन् । बर्दिया जिल्लाको जिल्ला अस्पातालमा ६४ जना कर्मचारी दरबन्दी रहेपनि हाल ३४ जना मात्रै रहेको बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.सुवास पाण्डेले बताए । हाल उक्त अस्पातालमा ३ जना विशेषज्ञ डाक्टर, मेडिकल अधिकृत ४ जना, एमबिबिएस ५ जना र १ जना डेन्टल सर्जन डाक्टर रहेकोमा मेडिकल अधिकृत २ मात्र रहेको १ जना डेण्टल, सर्जन डाक्टर अध्ययनको शिलशिलामा बाहिर रहेकोले बिरामीले सेवा सुुविधाबाट बञ्चित हुुनुु परेको छ ।


नेपाल सरकारको मापदण्ड अनुसार जिल्ला अस्पातालमा ५० शैयाको बेड भएपनि भौतिक पुर्वधार र प्राविधिकको कमी रहेको छ । १५ जना विशेषज्ञ चिकित्सक हुनु पर्नेमा स्थायी रुपमा १ जनामात्र रहेको र मेडिकल अधिकृतको रुपमा ४ जना कार्यारत हुनुपर्नेमा २ जना मात्रै रहेको र बाँकी छात्र बृत्ति करारका डाक्टर २ जना, मन्त्रालयका १ जना र गैर सरकारी संस्थाबाट १ जना विशेषज्ञ र १ जना मेडिकल अधिकृत रहेको डा. पाण्डेले बताए ।

बर्दिया बढैयाताल गाउँपालिकाका हरिबहादुुर घर्तीले जिल्ला अस्पतालमा दक्ष जनशक्तिको अभावले सेवा प्रभावकारी नभएको गुुनासो पोख्दछन् । त्यसैगरी बर्दिया गुुलरिया निवासी सिमा हमालले जिल्ला अस्पतालमा दरबन्दी अनुुसार डाक्टर नहुुँदा नेपालगन्ज जानुुपर्ने बाध्यता रहेको बताईन् । बर्दिया जिल्ला अस्पातालमा डाक्टर अभाव भएपछि काम गर्न निकै समस्या भएकोले सबै डाक्टर एक आपसमा समन्वय गरेर काम गरिरहेको बर्दिया जिल्ला अस्पतालका सूचना अधिकारी लिला श्रेष्ठ जानकारी दिए । उक्त अस्पातालबाट टिभी रोग, एच.आई.भी, लैंगिक हिंसा पीडित बिरामी, पोष्टमार्टम, इर्मजेन्सी लगायतको सुविधा दिने गरिएको छ ।

Womui
Womui