फेरि सर्ने भयो नेकपाको स्थायी कमिटी बैठक

259

छिनछिन खबर
काठमाडौँ,कात्तिक ९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कात्तिक १२ र १३ गते बस्ने भनिएको स्थायी कमिटी बैठक सर्ने भएको छ । यसअघि पार्टी एकीकरणका काम, कार्य्विभाजन र सरकारका कामको समीक्षा लगायतका एजेण्डामा छलफल गर्ने गरी स्थायी कमिटी बैठकको मिति तय भएको थियो ।

बिहिबार बसेको सचिवालय बैठकले १२ र १३ गते बस्ने भनिएको स्थायी कमिटी बैठक तयारी नपुगेको भन्दै पछि सार्ने निर्णय गरेको सचिवालयका एक सदस्यले बताए । ती नेताका अनुसार स्थायी कमिटीको बैठक कात्तिक तेस्रो साता बस्ने सभ्भावना छ ।‘बिहीबारको बैठकले सबै तहका संगठनको एकीकरण र कार्य्विभाजनका लागि दुई सदस्यीय कार्यदल गठन गरेको छ । सोहि कार्यदलले यसअघि प्रदेश कार्यदलले बुझाएको रिपोर्टका आधारमा प्रदेश कमिटीलाई पूर्णता दिने काम गर्छ । त्यस्तै जिल्ला र जनवर्गीय संगठनको एकीकरण प्रस्ताव सचिवालयमा पेश गर्छ,’ ती नेताले भने, ‘यही कार्यदलले पोलिटव्यूरो गठन, विभाग र अन्य कमिटीलाई पूर्णता दिने काम पनि गर्छ ।’साथै केन्द्रीय सदस्यको कार्य विभाजन गर्ने काम पनि सोही कार्यदलले गर्ने बताइएको छ ।

‘कार्यदलले १२ र १३ गते भित्र सचिवालयलाई रिपोर्ट बुझाउन सम्भव देखिँदैन । धेरै जिम्मेवारी भएको हुँदा गृहकार्य पनि धेरै गर्नुपर्ने देखिन्छ । त्यसैले स्थायी कमिटीको बैठक कार्तिक तेस्रो साता (तिहार अघि ) लाई बोलाउने छलफल भएको छ । एकीकरण र कार्य्विभाजनका सवै कामको टुंगो लगाएपछि फेरी सचिवालयको बैठक बस्छ’, ती नेताले भने, ‘सचिवालयले पूर्ण गृहकार्य गरेर स्थायी कमिटीमा पेश गर्ने प्रस्ताव तयार हुन्छ । त्यसपछि स्थायी कमिटीको बैठक बस्छ र त्यसैले अन्तिपरुप दिन्छ ।’कार्यदलमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेका छन् ।पछिल्लो समय पार्टीका सबै महत्वपूर्ण निर्णय ९ सदस्यीय सचिवालयले गर्दै आएको छ । जसको पार्टी्भित्रैबाट आलोचना समेत हुँदै आएको छ । स्थायी कमिटी बैठक गत साउनदेखि स्थगित हुँदै आएको छ ।

Womui
Womui