निर्मला हत्या प्रकरणः लापर्वाही आरोपमा परेका एसपी बिष्ट र इन्सपेक्टर भट्ट पदबाट बरखास्त न्यायको लागि अदालत जाने

54

छिनछिन खबर
काठमाडौं, कात्तिक ९ । गृह मन्त्रालयले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेपछि कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले आफूहरु न्यायका लागि अदालत जाने जिकिर गरेका छन् ।कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको भन्दै मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई सेवाबाट बर्खास्त गरेको हो । भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी उनीहरुलाई बर्खास्त गरिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

एसपी विष्ट र प्रहरी निरीक्षक भट्टले स्पष्टीकरणका लागि आफूलाई पर्याप्त समय नदिएको बताएका छन् । उनीह«रूले न्यायका लागि अदालत जाने जनाए । भट्टले बर्खास्तमा परेको जानकारी आफूलाई नभएको बताउँदै उनले आफ्नो मानव अधिकार हनन भएको समेत बताए । उनले भने, ’मलाई यस विषयमा कुनै पनि जानकारी छैन । २५ गतेदेखि प्रहरीले १ नम्बर गणमा थुनेर राखेको छ । हटायो रे भन्ने हल्ला सुनको जानकारी दिए ।आफूले बुझाएको स्पष्टीकरण पढ्दै नपढी बर्खास्त गरिएको उनको भनाइ छ । आफूलाई नियोजित ढंगले फसाइएको समेत उनले आरोप लगाए ।

बालिका पन्तको हत्याको अनुसन्धानमा गम्भीर लापरबाही गरेको र घटनाको प्रमाण नष्ट गरेको सम्बन्धमा उनीहरु दुवैलाई स्पष्टीकरण सोधिएको थियो ।गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो।यति धेरै समय बितिसक्दा पनि अपराधी पत्ता लगाउन सकिएको छैन ।

Womui
Womui