कहिँ नभएको जात्रा हाँडी गाउँमा !

174

छिनछिन खबर
काठमाडौं, कात्तिक ८ । कहिँ नभएको जात्रा हाँडी गाउँमा भन्ने नेपाली उखान छ । काठमाडौंको हाँडीगाउँमा अहिले त्यही जात्रा सुरु भएको छ ।कोजाग्रत पूणिर्माको भोलिपल्टदेखि ३ दिनसम्म यो जात्रा मनाउने गरिन्छ । लहरै तीनवटा रथ निकालेर सुरु गरिने यो जात्रा काठमाडौंका अन्य जात्रा भन्दा फरक हुन्छ ।

रथको गजुर तलपारी र गर्भगृह र भगवानको मूर्तिमाथि राखेर रथको निर्माण गरिन्छ ।भगवान राखिएको गर्भगृहलाई तलबाट बेस्सरी घुमाउने गरिन्छ । साथै रथमा मैनको सुगन्धित फूल बनाई राख्ने गरिन्छ । फरक शैलीमा जात्रा मनाइने भएकोले कहिँ नभएको जात्रा हाँडी गाउमा भनिएको स्थानीय बताउछन् ।

जात्रामा निकालिएका तीन वटा रथलाई नगरपरिक्रमा गराई स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ साथै रथ सजाउन प्रयोग भएको मैनको वास्नादार फूल रथको गजुर घुमाउदा खस्ने हुदा फूल टिप्नेको भीड हुने गर्दछ । सो फूललाई प्रसूती व्यथाले च्यापेकी महिलालाई सुँघाउँदा पीडा कम हुने जन विश्वास रहेको कारणले गर्दा फूल टिप्न तछाड मछाड हुने स्थानीयको भनाई छ ।

Womui
Womui