महोत्तरीमा ८ सय पोका सोफी रक्सी बरामद

180

छिनछिन खबर
गौशाला,कात्तिक ७ । नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएको अवस्थामा महोत्तरी प्रहरीले मारुती भ्यानमा रहेका ८ सय पोका सोफी रक्सी बरामद गरेको छ।जलेश्वर नगरपालिका–५ बिसनपुरको बाटो हुँदै नेपालबाट भारततर्फ जान लागेको डिएल ३ सिडी २२८७ नम्बरको भारतीय मारुती भ्यानमा २४ बाकसमा २ सय ५० एमएलकोसोफी रक्सी लादी भारततर्फ जाँदै गरेको अवस्थामा सीमा सुरक्षाका लागि गएको नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले रक्सी बरामद गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

 

मारुती भ्यानमा रक्सी बोकी नेपालबाट भारततर्फ जाँदै गरेको मारुती भ्यान चालक प्रहरीलाई देखेर सीमा नजिकै नेपालतर्फ भ्यान छाडी भागेपछि प्रहरीले ती भ्यान र रक्सी बरामद गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको प्रहरी उपरीक्षक कार्कीले बताए।बरामद भएका रक्सी र मारुती भ्यान आवश्यक कारबाहीका लागि क्रमशः आन्तरिक राजस्व कार्यालय जनकपुर र मूल भन्सार कार्यालय भिट्ठामोडमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रासस

Womui
Womui