रुकुम पश्चिमको चौरजहारीमा आजदेखि पुनः हवाई सेवा सुरु हुँदै

161

मुसिकोट– रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः उडान सेवा सुरु हुने भएको छ। १७ महिनादेखि रोकिएको उडान सेवा बुधबारदेखि सुरु हुने चौरजहारी विमानस्थलका स्टेसन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताए । उनका अनुसार बुधबार बिहान काठमाडौंबाट चौरजहारीका लागि नेपाल वायु सेवा निगमको जहाजले उडान सुरु गर्ने छ । हप्ताको दुई पटक काठमाडौं–चौरजहारी–नेपालगञ्ज तथा बिहीबार नेपालगञ्ज–चौरजहारी–काठमाडौं उडान भर्ने गरी हवाई सेवा सुरु हुन लागेको हो ।


लामो समयदेखि रोकिएको चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आउने भएपछि रुकुम पश्चिमलगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका नागरिकलाई सहज हुने भएको छ । यसअघि नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज र पाइलट नभएको भन्दै चौरजहारी विमानस्थलको हवाई सेवा गत वर्षको जेठ अन्तिम सातादेखि बन्द भएको थियो। बन्द हवाई सेवा सञ्चालनका लागि जिल्लाका सरोकारवाला निकाय, स्थानीय सरकार तथा निर्वा्चित जनप्रतिनिधिले सम्बन्धित पक्षसँग पहल गर्दै आएका थिए ।
रासस

Womui
Womui