१७ डीआइजीको सरुवा तथा पदस्थापन

99

छिनछिन खबर
काठमाडौं, कात्तिक ६ । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) सरुवा तथा पदस्थापन गरिएको छ । गृह मन्त्रालयले ६ जनाको सरुवा गर्दै हालै बढुवा भएका ११ जना डीआइजीको पदस्थापन गरेको हो । डीआइजी मनोज न्यौपानेको प्रधान कार्यालय, प्रहरी निरीक्षणालय, शेरबहादुर बस्नेतको महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर र दिनेश अमात्यको महानगरीय ट्राफिक प्रहरी महाशाखामा सरुवा भएको छ ।


यस्तै नारायणसिंह खड्काको प्रहरी प्रधान कार्यालय प्रबन्ध, कमलबहादुर जिटीको प्रधान कार्यालय विशेष ब्यूरो र पिताम्बर अधिकारीको प्रदेश ५ प्रहरी कार्यालयमा सरुवा भएको छ । त्यस्तै शैलेश थापा महानरीय प्रहरी कार्यालयको प्रमुख भएका छन् । बिनोद शर्मा घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएको छ ।

विकास श्रेष्ठको साइबर ब्यूरो, ठाकुरप्रसाद ज्ञवालीको अख्तियार, पूर्णचन्द्र जोशीको राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, तारणीप्रसाद लम्सालको सुरक्षा सेवा निर्देशनालय, हरिबहादुर पालको प्रदेश २ प्रहरी कार्यालय,निरबहादुर शाहीको अपराध अनुसन्धान विभाग अआ ब्यूरो, प्रद्युम्न कार्कीको प्रशिक्षण प्रतिष्ठान, हरिभक्त प्रजापतिको महिला तथा बालवालिका सेवा निर्देशनालय र सूर्यप्रसाद उपाध्यायको राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा पदस्थापन भएको छ ।

Womui
Womui