दीपिका र रणवीरको विहे अर्काे महिना

155

मुम्बई (एजेन्सी) । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहबीच अर्काे महिना विहे हुने भएको छ। दीपिकाले विहेको कार्ड सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेर विहेको पुष्टि गरेकी हुन् । उनका अनुसार विहे १४ नोभेम्वरमा हुनेछ ।


सेतो रंगको विहेको कार्ड सार्वजनिक गर्दै दीपिकाले आफ्ना फ्यानलाई सरप्राइज समेत दिएकी छिन् । विहे कार्डमा लेखिएको छ, हामी तपाईलाई यो जानकारी गराउन पाउँदा निकै खुसी छौं कि परिवारको आर्शिवादले हाम्रो विहे १४ र १५ नोभेम्वरका लागि तय भएको छ । यद्यपी विहे कार्डमा विहे कुन स्थानमा हुने भन्ने उल्लेख गरिएको छैन । दुबैले विदेशमा विहे गर्ने अनुमान गरिएको छ ।

Womui
Womui