बलात्कारबाट जोगिन भारतको जयपुरमा तेस्रो तलाबाट हाम फालिन् नेपाली महिलाले

114

जयपुर, कात्तिक ५ (एजेन्सी) । समूहिक बलात्कारबाट जोगिन एक नेपाली महिलाले अपार्टमेन्टको तेस्रो तलाबाट हाम फालेकी छन् । भारतको जयपुरस्थित मोहना क्षेत्रमा भएको उक्त घटनामा जिवितै रहेकी २३ वर्षीया ती युवतीको जयपुर अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


अर्धनग्न अवस्थामा हामफालेकी युवतीको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको अस्पतालका अधिकारीलाई उदृत गर्दै टाइम्स अफ इण्डियाले जनाएको छ । दिल्लीमा बस्दै आएकी ती नेपाली महिला केही समय पहिले आफ्नै प्र्रेमीसंग जयपुर आएको र ती प्रेमीसँगै अर्का एक युवाले बलात्कारको प्रयास गरेपछि उनले हामफालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जयपुर प्रहरीलाई उदृत गर्दै एनडीटीभीले जनाएको छ । एनडीटीभिका अभियुक्तहरुको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Womui
Womui