मैत्रीपूर्ण फुटसलमा सञ्चारकर्मी विजयी

30

नेपालगन्ज, असोज २७
सञ्चारकर्मी र उद्योगी व्यवसायीबीच मैत्रीपूर्ण फुटसल खेलिएको छ । जसमा सञ्चारकर्मी टोलीले उद्योगी–व्यवसायीहरूको टोलीलाई ४ को विरुद्ध ६ गोलले पराजित गर्न सफल भएको छ । सञ्चारकर्मीको तर्फबाट कुमार श्रेष्ठले ४, कमल खत्री र प्रभात देबकोटाले १/१ गोल गरेका थिए भने उद्योगी–व्यवसायीको तर्फबाट उदय अधिकारीले २, मोहन अधिकारी र श्यामसुन्दर अधिकारीले क्रमशः १/१ गोल गरेका थिए । नेपालगन्ज फुटसल एण्ड रिक्रियशनल सेन्टरको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

Womui
Womui