राष्ट्रिय मानव अधिकार आयोगले भन्यो–निर्मलाको ‘भेजाइनल स्वाब’ र ‘डिएनए’ नमूना सुरक्षित राख्नू

45

छिनछिन खबर
काठमाडौंं, असोज २६ । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीलाई बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको यौनिक स्वाब (भेजाइनल स्वाब) र त्यसबाट निकालिएको ’डिएनए’ नमूना यथास्थितिमा सुरक्षित राख्न निर्देशन दिएको छ ।


निर्मला पन्त हत्या प्रकरणका सम्बन्धमा गरिएका चिकित्सकीय जाँच तथा प्रमाणहरुको वैज्ञानिक परीक्षणका सम्बन्धमा रायरसुझाव लिने उद्देश्यले कानुनी चिकित्सा विज्ञ र ’डिएनए’ विज्ञहरुसँग छलफल गर्दै आयोगले यस्तो निर्देशन दिएको हो । आयोगले निर्मलाको यौनिक स्वाव नमूना संकलन गरी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउँदा अपनाइएको प्रक्रियाको बारेमा जानकारी गराउन पनि महाकाली अञ्चल अस्पताल, कञ्चनपुरलाई पत्राचार गरेको छ ।

Womui
Womui