बन्द रहेका कपास, धागो र कपडा उद्योग सञ्चालन गर्न कृषि मन्त्रालयको पहल

144

छिनछिन खबर
काठमाडौं, असोज २५ । बन्द अवस्थामा रहेका कपडा, कपास र धागो उद्योग सञ्चालनका लागि कृषि तथा पशुपन्छी मन्त्रालयले पहल थालेको छ । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले बन्द उद्योग सञ्चालन गर्ने बारेमा उद्योग मन्त्रायसँग पहल सुरु भइसकेको जानकारी दिएका छन् । मन्त्री खनालले कृषि मन्त्रालयले उद्योग मन्त्रालयसँग मिलेर उद्योग सञ्चालनका निम्ती छुट्टै टिम बनाइसकेको समेत जानकारी दिए । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटांैडाको कपडा उद्योग, बाँकेको कपास उद्योग र बुटवलको धागो उद्योग सञ्चालनमा ल्याउन पहल भइरहेको उनको भनाइ छ ।


‘नेपालमा बनेका कपडा केही महङ्गो पर्ने भएपनि सुरुमा ३ वटा सुरक्षा निकाउ र सरकारी कर्मचारीहरुलाई अनिवार्य गरी उद्योग सञ्चालन ल्याउने योजनामा छौँ,’ मन्त्री खनालले भने ।बन्द उद्योग खुलाउनका लागि टोली गठन भइसकेको र उक्त टोली अनुगमनका लागि २्३ दिनमा प्रस्थान गर्ने योजना रहेकोपनि बताए । मन्त्री खनालले बाँकेको कपास उद्योगलाई राष्ट्रिय कपास समितिको रुपमा सञ्चालनमा ल्याउन उद्योग वाणिज्य मन्त्री मात्रीकाप्रसाद यादवसँग छलफल भएको बताए ।

बन्द रहेका कपास, धागो र कपडा उद्योग मर्मत गरेर सञ्चालनमा ल्याउन सके त्यसबाट ठूलो संख्यामा रोजगारी सिर्जना हुन सक्ने उनले बताए । यस्तै, टोलीले बिरगञ्जको कृषि औजार कारखानाको पनि अवलोकन गरेर आउने उनले बताए । उक्त औजार कारखाना सञ्चालनमा ल्याउन सके कृषिमा टेवा पुग्ने उनको भनाइ छ ।

Womui
Womui