बाँकेको सम्शेरगन्जमा धार्मिक महामहोत्सव

47

नेपालगन्ज, असोज २४-
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ सम्शेरगन्जमा श्रीमद्देवी भागवत धार्मिक महामहोत्सव सञ्चालन गरिएको छ । सम्शेरगन्जस्थित गणेश मन्दिरलाई पाँच नम्बर प्रदेशकै स्मार्ट धार्मिक पर्यटकीय क्षेत्र निर्माणका लागि बुधबारबाट धार्मिक महामहोत्सव सञ्चालन गरिएको हो । स्थानीय शिवशक्ति माध्यामिक बिद्यालय नजिक रहेको चउरमा धार्मिक महामहोत्सव सञ्चालनमा आएको छ ।

उक्त महामहोत्सवको एक समारोहका बीच प्रमुख अतिथी तथा राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, शिक्षक, बिद्यार्थी, सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी, महिला समुह लगायत सहभागी भएका थिए । त्यस क्रममा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले दुर्गादेवीको र महामहोत्सवका प्रमुख निर्देशक एवम् वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेतले कलश यात्राको उद्घाटन गरेका थिए ।

दुई वटा हात्ती सहित निकालिएको कलश यात्राले सम्शेरगन्ज बजार क्षेत्रका परिक्रमा गरेको थियो । सो क्रममा गाउँपालिका अध्यक्ष, वडाअध्यक्ष लगायतलाई हात्तीमा चढाएर परिक्रमा गराइयो । महामहोत्सव यही असोज ३१ गतेसम्म चल्ने आयोजकले जनाएको छ । महामहोत्सव अवधीभर १८ पुरानका बाचक गुरु पण्डित श्री पण्ढुराज खनालले कथा वाचन गर्ने बताइएको छ । महामहोत्सवमा पहिलो दिनदेखी नै दाताले दान दिन सुरु गरेका छन् ।

Womui
Womui