दाङको घोराहीमा अकल्पनीय र खतरनाक दुर्घटना !

126

दाङ, (घोराही), असोज २१-
सडकमा हुने दुर्घटना कहिले र कतिबेला कसरी हुन्छ, त्यो कुराको पत्तो हुदैन । तर, दाङको घोराहीमा आइतबार दिउँसो एउटा अकल्पनीय र खतरनाक दुर्घटना भएको छ । घोराही उपमहानगरपालिका–१५ को व्यस्त सडकमा विपरित दिशाबाट आइरहेका दुइ वटा मोटर साईकल आपसमा ठोक्किए ।

मोटर साईकल ठोक्किएर उछुटिदै पैदल यात्रुलाई ठक्कर दियो । पैदल यात्रु उछुटिएर रोकिराखेको ट्याक्टरमा ठोक्किन पुगिन् र पैदल यात्रुको छातीमा घर बनाउन प्रयोग गरिने रड वारपार भएर पस्यो । त्यो लामो रड काटेर मात्रै घाईते पैदल यात्रुलाई अस्पताल पुयाइयो, तर अस्पतालमा पनि डाक्टरले उनको रड निकाल्न सकेनन् । घटना निकै अकल्पनीय र दर्दनाक थियो । लु३४प २४२९ र रा३प ५२५८ नम्वरको मोटर साईकल एक आपसमा ठोकिएर उछुटिदा पैदल यात्री घोराही–३ कुइरेपानीकी ३८ बर्षिया तिला परियारको छातीमा ३ वटा रड ढाडबाट छेडेर छातीमा निस्केको थियो ।

स्थानीय प्रत्यक्ष दर्शीका अनुसार रा १ त २३२० नम्वरको रोकिराखेको ट्याक्टरमा लोड गरिराखेको रडमा उनी उछिटिन पुगेकी थिईन् । उहाँलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नभए पनि जिल्ला बाहिर रिफर गरिएको छ ।उहाँको छातिबाट डाक्टरहरुले रड निकाल्न सकेका छैनन । प्रहरीका अनुसार लु३४प २४२९ नम्वरको मोटरसाईकल अनटेस्ट भएको र उक्त मोटर साईकल चालक पनि फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गणतन्त्र दैनिकको अनलाईनबाट साभा

Womui
Womui